लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल–भारत सीमा नाका बन्द हुने

tillotmacitynews - 2024 Apr 15 08:16 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख ३ गते । कञ्चनपुरसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द हुने भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै यही वैशाख ४ देखि ७ गतेसम्म सीमा नाका बन्द हुने जनाएको हो । 


भारतको लोकसभा सामान्य निर्वाचनको सिलसिलामा जनपद चम्पावत अन्तर्गत प्रथम चरणको मतदान ७ गते भएकाले ४ गते बेलुकी ५:१५ बजेदेखि मतदान नसकिँदासम्म कञ्चनपुरसँग जोडिएका गड्डाचौकी र ब्रह्मदेव सीमा नाका बन्द हुने सूचनामा उल्लेख छ । तर अत्यावश्यक सेवा भने खुला रहेन कञ्चनपुर प्रशासनले जनाएको छ । 

कमेन्ट गर्नुहोस्