लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बनबाटिकामा एकैदिन ६५ हजार बढी दर्शक,नयाँबर्षमा झुमे आन्तरिक पर्यटक

IMG

तिलोत्तमा,२०८१ बैशाख १ गते। रुपन्देहीको शंकर नगर बनाबिहार तथा अनुसान्धान केन्द्र बनबाटिकामा एकैदिन ६५ हजार दर्शकले पार्क अबलोकन गरेका छन्। नयाँ बर्ष २०८१ लाई स्वागत गर्ने अवसरमा आएका थामिनसक्नु भिडलाई बनबाटिका ब्यबस्थापन समितिले चुस्तदुरुस्त व्यवस्थापन गरेकाले कुनै अप्रिय घट्ना घटेन। बरु दर्शक दिउसो १ बजेपछि झनै ओइरो लागेर आए। नयाँ बर्ष २०८१ को पहिलो दिन शनिबार पनि परेको हुनाले धेरै जसो आन्तरिक पर्यटकले बनबाटिका भरिभराऊ थियो। करिव ६५ हजार माथिको दर्शकले बैशाखको पहिलो दिन अबलोकन गरेको बनबाटिका समितिको तर्फबाट अध्यक्ष बेल प्रसाद शर्माले बताएका छन्।


तिलोत्तमा १ र २ को सिमाना ओगटेको सो बनबाटिका पार्क पछिल्लो समय लुम्बिनी प्रदेशकै नमुना पार्क र आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।तिलोत्तमा नगरको रमणीय दृश्यका साथै पार्क सेड, झुलन, मनोरंजनका खेल, चिडियाखाना, घोडचढि, विभिन्न खेलकुदका मनोरन्जनात्मक क्रियाकलाप, बाँसघारीको शित्तल छहारी सहितको रमणिय दृश्य, फुलैफुलको बगैंचा,नेपाली भेषभुषासहितको फोटो खिच्ने ठाउं, चर्के पिङ्ग, डुंगा, ब्रेक डान्स, हाँस रेल, पाण्डा रेल, छुक्छुके रेल, लिङ्गे पिङ्ग, बाल उद्यान,खुल्ला पार्क, खाजा रेस्टुरेण्टमा खाजा खान र आफ्नै सेडमा पिकनिक, भोज, पुजाआजा, ग्यादरिंग लगायतका दृश्यावलोकन गर्न र खेल्न सकिने भएकाले बनबाटिकामा अवसरका बेलामा हजारौ आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।


अहिले अन्य दिनमा ५ सयजनाको हाराहारीमा मान्छे घुम्न आउने गरेको बनबाटिकाका उपाध्यक्ष खिमलाल पाण्डेको भनाइ छ । उनका अनुसार यो ठाउँमा घुम्न आउनेले बनबाताबरणमा शान्ति र आनन्दको आभास लिन पाउँछन् । सबै सुबिधा सहितको होटल, खाजा पसल, घुम्ने रम्ने ठाउँहरु प्रयाप्त भएकाले एकपटक आएका मान्छे फेरि फर्केर आइरहन्छन् ।’


बनबाटिकाको उत्तर पट्टि बनेको भ्यु टावरलाइ व्यवस्थित र चलायमान बनाउन सकियो भने पर्यटकको ओइरो अझै बढ्ने अध्यक्ष बेल प्रसाद शर्माले बताए। धेरैजसो दुई चार घन्टा बसेर फर्किने गरी आन्तरिक पर्यटक आउने गरेका र केही भने यही oriparikaa नजिकका होटलमा बास बस्न आउने गरेको अध्यक्ष शर्माको भनाइ छ । उनका अनुसार रुपन्देही, कपिलबस्तु, नवलपरासी पश्चिमका मात्र नभई पाल्पा, अर्घाखाँची, गुल्मीदेखिका मान्छे पनि butwal र तिलोत्तमा बजार क्षेत्र घुम्न आएको मौकामा यहाँ आउने गरेका छन् ।‘टाढादेखि आएका मान्छे पनि रमाइलो मानेर फर्किनुहुन्छ, हामी त्यसमै खुसी छौँ’, उनी भन्छन् ।


बनबाटिकाको उत्तर पट्टि तिलोत्तमा नगरपालिकाको लगानीमा भ्यु टावर ( बहुउपयोगी भवन) दृश्यावलोकन गर्ने गरि निर्माण भएको छ । अघिल्लो बर्ष लिजमा गएको भएपनि संचालन हुन नसकेको सो टावर अहिले बेसहारा बनेको छ। ठेक्का खुल्दा समेत नपरेपछि संरक्षण र व्यवस्थापनको पर्खाईमा रहेको छ। टावर संचालन भएपछी थप पर्यटक आकर्षित गर्न सकिने बनबाटिकाका अध्यक्ष शर्माको भनाई छ। उनले भन्छन-यो हाम्रो व्यवस्थापनको जिम्मेवारीमा नभएकोले अहिले केहि गर्ने अवस्था नरहेको उल्लेख गरे। बनबाटिका आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षक रमाइला स्थल रहेकाले पछिल्लो समय पर्यटनको विकास भइरहेको बताउँछन् ।तिलोत्तमाको शंकर नगर चोक देखि ३ किलोमिटर पुर्वमा रहेको बनबाटिका पुग्न सुविधायुक्त बगान सहितको बाटो छ । हिँडेर जाँदा करिब २० मिनट लाग्छ भने मोटरसाइकल वा गाडीमा जाँदा ५ देखि १० मिनेटमा पुगिन्छ । 

कमेन्ट गर्नुहोस्