लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ईपीएस भाषा परीक्षामा ६ हजार बढी परीक्षार्थी पास

IMG

तिलोत्तमा,२०८० चैत्र २८ गते।वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले लिएको उत्पादनमूलकतर्फ पहिलो चरणको भाषा परीक्षामा छ हजार तीन सय २१ जना परीक्षार्थी पास भएका छन् ।गएकाे फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार पाँच सय ८० जनामध्ये छ हजार तीन सय २१ जना परीक्षार्थी पास भएका हुन् ।


अब सीप परीक्षणमा पास भएपछि उनीहरू कोरिया जान पाउने श्रमिकको सूचीमा सूचीकृत हुनेछन् । सीप परीक्षण आउँदो वैशाख ९ गतेदेखि वैशाख १५ गतेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा आउँदो वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म र तेस्रो चरणको परीक्षा आउँदो कात्तिक २६ गते देखि पुस २ गतेसम्म हुने तालिका छ ।


कमेन्ट गर्नुहोस्