
तिलोत्तमा,२०८० चैत्र २८ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। वडा कार्यालयले ४ सामुदायिक विद्यालयका १४ जना बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरिएको हो । वडा कार्यालयले हरेक वर्ष जस्तै सबै सामुदायिक विद्यालयका विद्यार्थी संख्या हेरेर वडा समिति सहित प्रधानाध्यापकको बैठकबाट छनौट गरिएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। सोही अनुसार मंगलबार कक्षा १ देखि १० सम्म छात्रवृत्तिको लागि छनौट विद्यार्थीलाई जनहीँ १३ हजार ५ सयका दरले रुपैंयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
छात्रवृत्ति वितरण कार्यक्रममा वडा अध्यक्ष खेमराज गुरुङले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न तथा विद्यार्थीलाई अध्ययनमा हुने बाधा हटाउन सबै सामुदायिक विद्यालयका १४ विद्यार्थीलाई छात्रवृत्तिको रुपमा नगद उपलब्ध गराएको बताए ।वडाका सबै वडा सदस्य, शिक्षक, अभिवावक, बिद्यालय ब्यबस्थापन समिति, कर्मचारी लगायत बिद्यार्थीहरुको समेत उपस्थितिमा सो छात्रवृत्ति बितरण गरिएको थियो।सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले छात्र वृत्तिले विद्यार्थीमा अध्ययनगर्न प्रोत्साहित गरेको बताउनुभयो। अध्ययनमा प्रेरणा गर्ने उदेश्यले गरिएको सो छात्रवृत्तिले अभिभावक बिद्यार्थी शिक्षक र जनप्रतिनिधिलाई एक आपसमा जोडेको बताउनुभयो।विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने, अध्ययनमा सहज बाताबरण होस् भन्दै वडाको आफ्नै बजेट मार्फत सामुदायिक बिद्यालयका जेहेन्दार तथा गरिव र बिपन्न परिवारका विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गरिएको वडा सचिव मान बहादुर खातीले बताए।
कमेन्ट गर्नुहोस्