लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अर्घाखाँचीमा कार दुर्घटना: एक जनाकाे मृत्यु, ७ जना घाइते

tillotmacitynews - 2024 Apr 10 01:42 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २८ गते । अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएकाे छ। भने, ७ जना घाइते भएका छन्।अर्घाखाँची हुँदै कास्की जाँदै गरेकाे ग३च ४५७४ नम्बरकाे कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ काेलडाँडामा दुर्घटना भएकाे थियाे।


दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका- ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीकाे मृत्यु भएकाे छ।घाइते हुनेमा भूमिकास्थान- ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उनकी छोरी इभान्सी क्षेत्री, पोखरा- १२ की ३० वर्षीया सविता अधिकारी, साेही ठाउँकी १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ।


घाइतेहरुकाे जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेकाे छ।

कमेन्ट गर्नुहोस्