लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

tillotmacitynews - 2024 Apr 09 07:40 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २७ गते । प्रतिनिधि सभा बैठक भोलि (बुधबार) सम्मका लागि स्थगित भएको छ । मङ्गलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गरेको सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।


आज सूचना टाँसेर स्थगित गरिएको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर संसद् अवरोध गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्