लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिल गेट्सले लगाउने घडीको मूल्य कति हो ?

tillotmacitynews - 2024 Apr 08 04:45 PM
IMG

तिलोत्तमा सिटी,२०८० चैत्र २६ गते । संसारमा घडीका शौखिनहरु धेरै छन् । कतिपय मानिसहरुमा मान्छेहरु निकै बहुमूल्य र ब्राण्डेड घडी लगाउने नै रुचि हुन्छ र उनीहरूले नाडीमा बाँध्ने घडीले धेरैको ध्यान खिच्दछ ।


तर दुनियाँभरका मानिसको चमकदमक अमेरिकाको सिलिकन भ्यालीसँगको तुलनामा फिक्का सावित हुन्छन् । तपाईंले मार्क जुकरबर्गले सधैं खैरो रङको टिशर्ट तथा कालो पेन्ट लगाएको देख्नुभएकै होला । जुकरबर्ग कुनै महत्वपूर्ण अवसरमा मात्रै टिसर्ट-पेन्ट बाहेक शूट वा अरु पहिरन लगाउँछन् । त्यसैगरी बिल गेट्सको हातमा तपाईंले एउटा निकै सामान्य घडी देख्नुहुन्छ । बिल गेट्सलाई दुनियाँभरका मानिसले चिन्दछन् । माइक्रोसफ्टका संस्थापक गेट्सको हातमा सधैंजसो एउटा सामान्य क्यासियो ब्राण्डको घडी बाँधिएको देखिन्छ ।


कुल सम्पत्ति एक खर्ब ३१ अर्ब डलर भएका संसारकै सातौं धनाढ्य बिल गेट्सले बाँध्ने घडीको मूल्य कति होला ? जिज्ञासा सबैलाई हुनसक्छ ।

वास्तवमा बिल गेट्सले लगाउने घडी Casio को MDV-106 Duro हो । यो ब्राण्डको पूरानो घडीमा एउटा Marlin माछाको आकार हुन्थ्यो । तर, नयाँ मोडेलमा त्यो लोगो हटाइएको छ । अमेरिकामा यो घडीको मूल्य ३२ देखि ४० डलरसम्म पर्दछ । Casio MDV106-1AV 200M Duro एउटा एनालग घडी हो । यसमा 200M water resistance, one-way rotating bezel, Screw Down Crown, Mineral Glass, date display जस्ता फिचरहरु रहेका छन् ।

कमेन्ट गर्नुहोस्