लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक पर्फ्युम, जसको खाली बोतलको मूल्य समेत करोडौं पर्छ

IMG

तिलोत्तमा सिटी, २०८० चैत १९  गते । संसारमा अधिकांश मानिसलाई पर्फ्युम मन पर्छ । कतिपयले सामान्य खालका पर्फ्युम प्रयोग गर्ने भएपनि कतिपय मानिस पनि निकै चूजी हुन्छन् र महँगा ब्राण्डेड पर्फ्युमका शौखिन हुन्छन् । संसारमा एउटा यस्तो विशेष तथा मूल्यवान पर्फ्युम छ जो केवल अर्बपतिहरुले मात्र खरिद गर्न सक्दछन् । संसारको सबैभन्दा महँगो उक्त पर्फ्युम विशेष व्यक्तिका लागि बनाइएको हुन्छ । अर्थात् हरेक ग्राहकका लागि कस्टमाइज्ड पर्फ्युम तयार गरिन्छ । उक्त पर्फ्युमको खाली डिब्बा समेत करोडौं पर्दछ । फ्रेन्च कम्पनी मोरेएल पेरिसले उक्त पर्फ्युम बनाएको हो । उक्त पर्फ्युमको नाम ‘ले मोन्डे सर मेजर’ हो । उक्त पर्फ्युमको मूल्य डेढ करोड डलरदेखि २ करोड डलरसम्म पर्दछ ।


आखिर कुनै अत्तर राख्ने बोतल कसरी करोडौं रकमको हुनसक्छ ? वास्तवमा उक्त डिब्बालाई विशेष तरिकाले डिजाइन गरिएको थियो जसमा २ केजी सुनको प्रयोग गरिएको हुन्छ । साथै त्यसमा १ हजार हिरा तथा रुबी समेत जडान गरिएको हुन्छ । कम्पनीका क्रियटिभ डाइरेक्टर म्याक्सिम रांकोन भन्छन्- हाम्रा ग्राहकहरु कलाकृति तथा गहना संग्रहकर्ता धनाढ्यहरु हुन् । ले मोन्डे सर मेजर केवल पर्फ्युममात्र होइन, यो गहना हो, यो कथा हो र कलाको मूल्यवान टुक्रा हो । कम्पनीले डेढ करोड डलर पर्ने ५ केजीको एक बोतल पर्फ्युम बिक्री गरेको छ । त्यसका खरिदकर्ता मध्यपूर्वी देशका भएको तर खरिदकर्ताले आफ्नो नाम खुलाउन नचाहेको रांकोन बताउँछन् ।


उक्त पर्फ्युम एकजना अज्ञात व्यक्तिले करीब २४ करोड रुपैयाँमा बिक्री गरेका थिए । ती व्यक्ति स्वयंम्ले उक्त पर्फ्युमको बासन आफैले डिजाइन गरेका थिए । तर खरिदकर्ता को थिए ? त्यसको जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन। उक्त विशेष पर्फ्युम तयार गर्नपनि निकै कठीन हुन्छ । समाचार अनुसार त्यस्तो पर्फ्युम तयार पार्नका लागि १ वर्षसम्म ३५ जना व्यक्तिले काम गर्नुपर्छ ।


पर्फ्युमको उत्कृष्ट सुगन्धसँगै त्यसको डिब्बालाई पनि निकै राम्रो तरिकाले डिजाइन गर्नुपर्छ। त्यो देख्दैमा लग्जरीको अनुभूति हुन्छ ।

कमेन्ट गर्नुहोस्