लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वर्षाका कारण नेपाल ए र आयरल्याण्ड वोल्भ्स बीचको टी-२० खेल रद्द

tillotmacitynews - 2024 Mar 28 08:00 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत १५ गते । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल रद्द भएको छ । लगातारको बर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो । टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि शुरु हुने तालिका रहेको थियो  । नेपाल ए ले मार्च २८, २९ र ३१ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।


त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो । टी-२० सिरिज खेल्ने नेपाली ए टिम : विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

कमेन्ट गर्नुहोस्