लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कर्णाली पुलबाट हाम फालेका शाहीको शव भेटियो

tillotmacitynews - 2024 Mar 28 07:05 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत १५ गते । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता हुनुभएको थियो । 


चार दिनदेखि बेपत्ता रहेका शाहीको शव बिहीबार टीकापुरको सन्कट्टी घाटमा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले स्थानीय, सुरक्षाकर्मी लगायत टोलीले खोजतलासका क्रममा टीकापुरस्थित सन्कट्टीघाटमा शव फेला पारेको बताउनुभयो । शाहीसहित १७ जनाले होलीका दिन कर्णाली पुलबाट हाम फालेका थिए । १६ जना पौडिन सफल भए पनि शाही डुबेर बेपत्ता हुनुभएको थियो । 

कमेन्ट गर्नुहोस्