लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हत्या अभियोगमा १८ बर्षदेखि फरार तिलोत्तमाका अभियुक्त पक्राउ

IMG

तिलोत्तमा,२०८० चैत्र १४ गते। बिगत १८ बर्षदेखि रुपन्देही प्रहरीको खोजी सूचीमा रहेका एक ब्याक्ति पक्राउ परेका छन् ।  १८ वर्ष अघि छिमेकीको गोली हानी हत्या गरी फरार रहेका तिलोत्तमा नगरपालिका  निवासी रामपृत मल्लाहलाई सुनौली नाकाबाट पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ ।यादवमाथि सोही ठाँउका जङ्गबहादुर यादवको २०६२ पुस २५ गते भएको गोली हानी  हत्या गरेको  आरोप छ ।


रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरले मल्लाहलाई भारतको सुनौली नाकाबाट नेपाल आउँदै गर्दा  सिद्धार्थनगर नगरपालिका १ बेलहियाबाट पक्राउ गरेको बताउनुभयो ।यादवको हत्यापछि पीडित पक्षले मल्लाहविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि अभियुक्त फरार भएका थिए । उहाँमाथि अदालतद्वारा पक्राउ पुर्जीसमेत जारी भएको थियो ।गाउँकै सार्वजनिक जग्गामा मल्लाहले घर टहरा बनाएको र त्यस ठाउँमा मन्दिर बनाउने विषयमा विवाद हुँदा गोली प्रहार गरी फरार रहेको रुपन्देही प्रहरी प्रवक्ता  डिएसपी मनोहर  प्रसाद भट्टले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्