लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कर्मशिल युवा क्लबको होली मिलन कार्यक्रम तथा चिठ्ठा कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा,२०८० चैत्र १३ गते। कर्मशिल युवा क्लबको आयोजनामा होलीको अवसरमा होली मिलन कार्यक्रम आयोजना गरिएको छ । होली पर्व एक पौराणिक पर्व भएकोले सबैले एक आपसमा सद्भाव कायम गर्दै रंगको पर्व सबैले उल्लासमै तरिकाले होली मनाउन प्रमुख अतिथि लुम्बिनी प्रदेशका गृहमन्त्री माननीय सन्तोष कुमार पाण्डेले शुभकामना ब्यक्त गर्दै बताउनु भएको छ । होली एउटा भाईचारा, सदभाव र रंगको पर्व भएको र यसको आफ्नै धार्मिक मान्यता रहेकोले सबैले सब्भ र मर्यादित भएर होली पर्व मनाउन  गृहमन्त्री माननीय सन्तोष कुमार पाण्डेले आग्रह गर्नु भएको छ । साथै होलीको अवसरमा उहाँले सबैमा शुभकामना समेत ब्यक्त गर्नु भएको थियो ।


कर्मशिल युवा क्लब तिलोत्तमा-१२ जुटपानीमा रहेर सामाजिक सेवामा क्रियाशील क्लबले होली मिलन संगै भाग्य शाली चिठ्ठाकार्यक्रम समेत सम्पन्न गरेको क्लबका अध्यक्ष कृष्ण थारुले होली पर्वको शुभकामना ब्यक्त गर्दै यस प्रकारको कार्यक्रमले सबैमा एक भएर संगै सहकार्य गरेर अगाडि बढ्ने भावनाको बिकास हुने बताउनु भयो । होली पर्वको अवसरमा सबै स्थानिय, जनप्रतिनिधि समाजसेवी लगायत सबैसंग सद्भाव पुर्ण भावनाको बिकास गर्न र रंगको पर्व एक आपसमा मनाउने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरिएको कर्मशिल युवा क्लबका अध्यक्ष कृष्ण थारुले बताउनु भएको छ ।


कार्यक्रममा तिलोत्तमा १२ का पुर्व वडा अध्यक्ष ब्यासमुन थारु, शिवालय टोलबिकास समितिका अध्यक्ष गोबिन्द थापा, वडा संजाल १२ का अध्यक्ष हरिप्रसाद काफ्ले , वडा प्रतिनिधि बिष्णु अधिकारी चौधरी लगायतले बोल्दै  होली पर्वको शुभकामना संगसंगै क्लबको उत्तरोतर प्रगतिको शुभकामना ब्यक्त गर्नु भएको थियो। सो वासर्मा भाग्यशाली चिठ्ठा कार्यक्रमका बिजेतालैई पुरष्कार समेत प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमको साथमा नृत्य गायन तथा झाँकी समेत प्रस्तुत गरिएको थियो। 



कमेन्ट गर्नुहोस्