लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सोमबार रातीको बाढीले नवलपरासीमा २५ प्रतिशत गहुँ बालीमा क्षति

IMG

तिलोत्तमा सिटी, २०८० चैत १३ गते । पश्चिम नवलपरासीमा गएरातीको असिना सहितको वर्षाले अन्नबालीमा ठूलो क्षति पुगेको छ । अधिकांश किसानको खेतमा पाक्न लागेको गहुँमा असिना पानीले क्षति पुर्याएको छ । गहुँसहित तरकारीबाली, मसुरो, तोरी, मकैमा पनि वर्षाका कारण क्षति पुगेको किसानहरुले बताएका छन् ।


कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख रविन्द्रनाथ चौबेका अनुसार जिल्लामा २५ प्रतिशत गहुँबालीमा वर्षाले क्षति पुर्याएको छ । अझै क्षतिको एकिन विवरण प्राप्त हुन बाँकि रहेको छ । जिल्लाका सातै स्थानीय तहमा वर्षाले अन्नबालीमा नोक्सानी पुर्याएपनि सुनवल र रामग्राममा बाढी क्षति पुगेको छ ।  ज्ञान केन्द्रले विवरण संकलन गरेर पनि राहत वितरण गर्न सक्ने अवस्था नरहेको भन्दै क्षतिको अनुमान मात्रै गर्दे आएको छ । रामग्राम नगरपालिकाले वडा मार्फत अन्नबालीमा पुगेको क्षतिको विवरण संकलन गर्न लगाईएको नगर प्रमुख धनपत यादवले बताए ।


केहि दिन अगाडी मात्रै जल तथा मौसम विज्ञान कार्यालयले सुनवलमा स्थापना गरेको वर्षामापन केन्द्रका अनुसार गएराती त्यस क्षेत्रमा १ सय ४३ मिलिमिटर वर्षा भएको छ । वर्षापछि सुनवल १२ सृजनाटोलको  १५ घर सुकुम्बासी बस्तीमा भुमहि खोलामा आएको बाढी पसेको थियो । मानिसहरु घर बाहिर निस्कीएर बाँच्न सफल भएपनि अन्नपात बाढिले बगाएको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्