लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीमा सय घर-गोठ डढेलोले नष्ट, कुन पालिकामा कति ? (विवरणसहित)

IMG

तिलोत्तमा,२०८१ बैशाख १४ गते।बैशाख ८ यता जिल्लाभर सय घर-गोठ जलेर नष्ट भएका छ्न् । दुई जना मानिस घाइते भएका छ्न् । करिब सय वटा पशुचौपाय मरेको तथ्याङ्क जिल्ला  प्रशासनले तयार पारेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार ४७ वटा घर र ५३ वटा  गोठ जलेर नष्ट भएका हुन् । यस क्रममा इस्मा-२ को आगलागीमा दुई जना घाईते भएका छ्न् । जिल्लाभर ९९ वटा पशु  चौपाय मरेका छ्न् । ८ वटा घाइते भएका  छ्न् ।


यस्तो छ दुई नगरपालिका र १० गापा मध्ये  क्षतिको बिबरण :

इस्मा-२ सिदुङ्खामा ११ घर १७ गोठ पूर्णरुपा क्षति भएको छ । २० वटा बाख्रा, ६ वटा भैँसी, एउटा पाडो मरेको छ । एउटा  ट्याक्टर क्षति भएको छ । दुई जना मानिस  घाइते भएका छ्न् । सोहि वडाको  हाँडीगाउँमा ६ घर २ गोठ क्षति भएको छ एक भैँसी तीन बाख्रा मरेका छ्न् । इस्मा-४ को मुड्किनामा २ गोठ, कोटकटेरिमा ९ घर १२ गोठ पूर्ण रुपमा क्षति भएका छ्न् । ३  भैँसी चार बाख्रा मरेका  छ्न । एक मन्दिर नष्ट भएको छ ।


गुल्मीदरबार-६ भलाचौरमा एक घर पूर्ण रुपमा क्षति भएको छ । मुसिकोट-५ को आपचौरमा तीन घर, दुई गोठ जलेर नष्ट भएका छ्न् । वडा नम्बर ९ को दुई घर एक गोठ जलेर नष्ट भएका छ्न् । दुई  भैँसी मरेका छ्न् । मदाने १ को अग्लुङ्ग घडेरीमा ५ घर ५ गोठ जलेर नष्ट भएका छ्न्। १० बाख्रा १२ कुखुरा, ३ गोरु २ पाडा मरेका   छ्न् ।


छत्रकोट-१ हुँगामा दुई गोठ जल्दा ५ बाख्रा मरेका छ्न् । धुर्कोट-४ को करमचाल्नेमा एक घर जलेर नष्ट भएका छन् । सोहि  वडाको रातापोखरामा दुई घर गोठ जलेर नष्ट भएका् छ्न् । धुर्कोट-६ को रजस्थलमा एक गोठ जलेको छ । रुरु क्षेत्र-१ भडकुवामा दुई घर गोठ जलेर नष्ट भएका छ्न् । धुर्कोट्कै रजस्थमा अर्को एक घर जलेको छ ।


मदाने-६ को पुर्कोटदहमा एक गोठ जलेको छ । इस्मा-६ को बुल्ममा दुई परिवार  बस्ने एक घर जलेको छ । कालिगण्डकि-२ को भयकोट-३ को भयकोटमा एक घर, एक  गोठ जलेर नष्ट भएका  छ्न् । एक भैँसी  मरेको छ । रुरु क्षेत्र-५ को धोबिघाटमा एक घर र वडा नम्बर-२ को कात्तिकेमा ३ घर ३  गोठ जलेर नष्ट भएका छ्न् । रेसुङ्गा-१० को  सिमिचौरमा एक गोठ जलेको छ ।


कमेन्ट गर्नुहोस्