लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘महाजात्रा’का कलाकारले दर्शकसँगै मनाए होली

IMG

तिलोत्तमा सिटी, २०८० चैत ११ गते । फिल्म ‘महाजात्रा’ले आइतबार दर्शकसँगै होली सेलिव्रेसन गरेको छ । दरबारमार्गमा आयोजित समारोहमा फिल्मका कलाकारले नाचगान र रङ साटासाट गर्दै फागुपर्व मनाए । फिल्मका प्रमुख कलाकार रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, बिपिन कार्की लगायतले दर्शकसँगै होली मनाए । निर्देशक प्रदीप भट्टराईले पनि उनीहरुलाई साथ दिए ।


शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मको प्रवद्र्धन रिलिजपछि पनि कायमै छ । शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको यो फिल्मले पहिलो सप्ताहन्त घरेलु बक्स अफिसमा उत्साहजनक डेब्यु गरेको छ । वितरण कम्पनी डिजिटल सिनेमा नेपालले यो फिल्मले शुक्रबार र शनिबार ३ करोड ६ लाख ग्रसको कमाइ गरेको आँकडा सार्वजनिक गरेको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई म्याक्स दिपेश खत्रीले निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्