लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नवयुवा कप फुटबलको उपाधि सन्जिवनी युवा क्लब बागधुरालाई

IMG

तिलोत्तमा,२०८० चैत्र १० गते। ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सन्जिवनी युवा क्लब बागधुरा(तिलोत्तमा नगर पालिका)ले जितेको छ। ओमसतिया २ स्थित कर्मडाँडा खेल मैदानमा आज सम्पन्न फाईनलमा न्यु राइज युवा क्लब बभनी(तिलोत्तमा नगर पालिका)लाई ३-० गोल अन्तरले हराउदै उपाधि सहित नगद २ लाख २ हजार २ सय बाहिस रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपबिजेता न्यू राइजले १ लाख १ लाख १ हजार १ सय एघार रुपैयाँ प्राप्त गरेको छ । सन्जिवनी युवा क्लबलाई उपाधि दिलाउने क्रममा फागु राम थारु नायक रहे । थारुले तिन गोल गरे।


खेल सुरु भएको ८औं मिनेटमा पहिलो गोल गर्दै थारुले सन्जिवनीलाई १-० गोलले अग्रता दिलाएका थिए । १ गोलले पछि परेको न्यू राइजले गोल फर्काई खेलमा फर्कने केही प्रयास गरे पनि सन्जिवनिका गोलरक्षक निशान रानाले बिफल तुल्याएका थिए । मध्यान्तर सम्म खेल १-० गोल रहयो। मध्यान्तर पछिको २४ मिनेटमा पुनह थारुले अर्को गोल गर्दै खेललाई २-०मा पुरयाए । ईन्जुरी समयमा थप एक गोल गर्दै थारुले सन्जिवनिको जित ३-० गोलले सुनिश्चित गरे । सन्जिवनी युवा क्लबलाई उपाधि दिलाउने क्रममा फागु राम थारु नायक रहे । थारुले तिन गोल गरे । थारु सर्बाधिक गोलकर्ता र फाईनलमा पहिलो गोल गर्ने खेलाडीबाट पुरस्कृत भए ।


उत्कृष्ट खेलाडीको पुरस्कार सन्जिवनिका अनुप बुढा घोषित भई ५ हजार रुपैया पुरस्कार प्राप्त गरे ।उत्कृष्ट गोलरक्षकको पुरस्कार सन्जिवनिका निशान रानाले प्राप्त गरे। रानाले ५ हजार रुपैया पुरस्कार प्राप्त गरे । थारु सर्बाधिक गोलकर्ता र फाईनलमा पहिलो गोल गर्ने खेलाडीबाट पुरस्कृत भए । त्यसै गरी उत्कृष्ट गोलरक्षकको पुरस्कार सन्जिवनिकै निशान राना, उत्कृष्ट खेलाडीको पुरस्कार समेत सन्जिवनिकै अनुप बुढाले प्राप्त गरे । सबैले जनही ५ हजार रुपैया पुरस्कार प्राप्त गरे ।


बिजयी तथा उपबिजयी टिमका खेलाडीलाई ट्रफी, नगद, पदक र प्रमाणपत्र प्रमुख अतिथी ओमसतिया गाउँपालिकाका प्रमुख मन्जित यादव सोनु, उप प्रमुख सुनिता चौधरी, ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर थापा , रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, आयोजक सस्था नवयुवा खेलकूद तथा सास्कृतिक परिवारका अध्यक्ष अध्यक्ष चन्द्र बहादुर गुरुङ, पुर्व अध्यक्ष लक्ष्मण थापा, खेल संयोजक विष्णु वराल मगर लगायतले प्रदान गरे । फागुन २९ गतेबाट सुरु भएको ११ औं नवयुवा कप फुटबल प्रतियोगितामा रुपन्देहीका १२ फुटवल क्लवहरुले भाग लिएका थिए ।


कमेन्ट गर्नुहोस्