लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आयोजकलाई स्तब्ध पार्दै संजीवनी ११ औं नवयुवा कपको फाइनलमा

IMG

तिलोत्तमा,२०८० चैत्र ८ गते।सहज जितका साथ संजीवनी युवा क्लब,तिलोत्तमा-१४ बाग्धुराले आयोजक नवयुवा खेलकुद तथा सांस्कृतिक समूहलाई स्तब्ध पार्दै फाइनलमा आफ्नो स्थान जमाएको छ। ठुटिपिपलमा जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको संजीवनी युवा क्लब,तिलोत्तमा-१४ ले न्यु राइज युथ क्लब तिलोत्तमा-१३ बभनीसंग फाइनल खेल चैत्र १० गते शनिबार खेल्नेछ । बिहिबार भएको अन्तिम सेमिफाइनलमा संजीवनी युवा क्लब,तिलोत्तमा-१४ ले शानदार खेलका साथ् अघि बढेको आयोजक नवयुवालाई ० का बिरुद्ध ३ गोल गर्दै उपाधि नजिक पुगेको हो ।


ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको निर्धारित समयको खेलमा कुनैपनी गोल गर्न नसकेको आयोजकलाई खेल अबधि भित्र लगातार ३ गोलको जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो । खेलमा संजिवनीका खेलाडी गणेश हमाल म्यान अफ द म्याच घोषित भए ।


प्रतियोगिता अन्तर्गत चैत १० गते शनीबारको फाइनल खेल सन्जिवनी युवा क्लब, देवीनगर र न्यु राइज युथ क्लब बभनीबीच हुने खेल संयोजक बिष्णु बराल मगरले जानकारी दिए । साथै फाइनल अघिल्लो दिन चैत्र ९ गते भेट्रान २ टिम बीच मैत्रीपूर्ण फुटबल हुने आयोजकले जनाएको छ। नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको ग्राण्ड फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

कमेन्ट गर्नुहोस्