लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एस्क्ट्राटेक ओवल क्रिकेट मैदानमा यु–१९ क्रिकेट आयोजना गर्दै शक्ति

IMG

तिलोत्तमा सिटी, २०८० चैत ८ गते । नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले आफ्नो बुबाको नामबाट सुरु गरेको अन्डर १९ क्रिकेट प्रतियोगितालाई छैठौं संस्करणबाट राष्ट्रिय स्तरको प्रतियोगिता बनाएका छन् । प्रतियोगिताको पाचौं संस्करणसम्म रुपन्देही जिल्लाका क्लब तथा एकेडेमीहरुको सहभागितामा आयोजना गर्दै आएको प्रतियोगितालाई छैठौं संस्करणबाट रुपन्देही जिल्लाभन्दा बाहिरबाट पनि  क्लब सहभागी गराउने घोषणा गरेका हुन । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै छैठौ खड्ग प्रसाद गौचन ममोरियल यु–१९ क्रिकेट प्रतियोगिता चैत १० गतेबाट सुरु हुने जानकारी गराइएको थियो । गौचनले सञ्चालन गर्दै आएको स्टार क्रिकेट एकेडेमीको आयोजना तथा क्रिकेट एशोसिएशन अफ रुपन्देहीको सहकार्यमा हुन लागेको प्रतियोगितामा पहिलो चरणका खेल लिगका आधारमा हुने बताइएको  छ ।


प्रतियोगिताको सबै तयारी पूरा भएको एकेडेमीका संस्थापक गौचनले बताएका छन् । प्रतियोगिता भर्खरै निमार्ण गरिएको अन्तर्राष्ट्रिय एस्क्ट्राटेक ओवल क्रिकेट मैदानमा आयोजाना हुने गौचनले जानकारी दिएका छन् । प्रतियोगितामा रुपन्देहीका ४ तथा अन्य जिल्लाका ४ गरि ८ टोली सहभागी हुदैछन् ।  समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, वेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसिएशन अफ कास्की, डिसिए धनगढी र न्यू होराईजन स्पोर्ट्स क्लब  छन् । तिलोत्तमा नगरको एस्क्ट्राटेक ओभेल क्रिकेट मैदानमा हुने प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमिफाइनल र फाइनल खेल ४० ओभरको हुने गौचनले बताएका छन् ।


प्रतियोगिताको विजता टोलीले ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ ।

कमेन्ट गर्नुहोस्