लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रूरूमा भेटियो ५०० किलोको शालिग्राम

tillotmacitynews - 2024 Mar 21 01:47 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत ८ गते । गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रूरूमा ५०० किलो तौल भएको शालिग्राम फेला परेको छ।  रूरू क्षेत्रमा पर्ने रिडीस्थित कालिगण्डकी नदी किनारमा फेला परेको शालिग्रामलाई पूजा तथा अवलोकलका लागि स्थानीयबासीले हनुमान वाटिकामा राखेका छन् । स्थानीयबासी सुन्दर कशजुका अनुसार कालिगण्डकी नदी किनारमा साना शालिग्राम पाइए पनि ठूला खालका कमै भेटिन्छन् । शालिग्राम विभिन्न रंग र प्रकारमा पाइए पनि कालो रंगकोलाई हिन्दूहरूले पुज्दै आएका छन् ।


दामोदर कुण्डबाट उत्पत्ति भएकी गण्डकी र मुक्तिनाथबाट निस्किएको कालीको संगम कागबेनीदेखि तल्लो तटीय क्षेत्रमा शालिग्राम पाइन्छ ।

कमेन्ट गर्नुहोस्