लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-६ का ज्येष्ठ नागरिकलाई बित्तिय साक्षरता,स्वास्थ्य शिविर र बिमा कार्यक्रम

IMG

तिलोत्तमा,२०८० चैत्र ६ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मधुबनटोलका ज्येष्ठ नागरिकलाई बित्तिय साक्षरता,स्वास्थ्य शिविर र बिमा कार्यक्रम सम्पन्न गरिको छ। मंगलबार नगरपालिकाका स्वास्थ्यकर्मी तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट विशेषज्ञ चिकित्सकसहितको टोलीले गीता मन्दिरमा ४९ जना ज्येष्ठ नागरिकको स्वास्थ्य चेक जांच तथा उपचार र औषधी बितरण गरेको वडा अध्यक्ष गणेश पाठकले बताए। 


तिलोत्तमा नगरपालिका वडा नम्बर-६ मा रहेको आनन्दबन स्वास्थ्य चौकीका प्रमुख ज्ञानु पौडेल, स्वास्थ्य अधिकृत हुमनाथ पाण्डे, यमकला डुम्रे, राम प्रसाद चुंदाली, लुम्बिनी प्रादेशिक अस्पताल डा प्रेम प्रकाश पौडेल लगायतको टोलीले ४९ जना ज्येष्ठ नागरिक तथा स्थानीयको स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण गरेको छ । वडाले “वडा अध्यक्षसंग ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम “ अन्तर्गत नियमित चेक जांचमा जान नसक्ने दूरदराजका नागरिकलाई लक्षित गरी गाउँमै ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर थालेपछि धेरैले सेवा लिन पाएको वडा अध्यक्ष पाठकले बताए। उमेर पुगेर रिटायर्ड भएकी स्वयम् सेविकाको स्थानमा अर्को एकजना स्वयम्स सेविका समेत भर्ना गरी साइकल समेत बितरण गरिएको अध्यक्ष पाठकले जानकारी गराएका छन्। 


वडाले ज्येष्ठ नागरिकलाई लक्षित गरी अघिल्लो वर्षदेखि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको बताउदै वडा अध्यक्ष पाठकले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरुआत गर्दै ज्येष्ठ नागरिकहरुको नजिक पुग्न सफल भएको जानकारी दिए । ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधी दिँदा उनीहरुलाई टाढा जान नपर्ने र खर्च पनि नहुने पाठकको भनाइ छ । 


ज्येष्ठ नागरिकको गाउँमै पुगेर सुगर, प्रेसर, बाथ, छालालगायत रोगको जाँच र निःशुल्क औषधी दिने गरेको अध्यक्ष पाठकले बताए ।कोही पनि वडाका नागरिकले उपचार नपाएर दुःख नपाओस् र नियमित चेक जांच गरी सामान्य उपचारमा स्वस्थ जीवन जिउन सकियोस भन्ने हिसाबले गाउँमै स्वास्थ्य सेवा पुर्याउनका लागि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण र स्वास्थ्य शिविर सुरु गरिएको अध्यक्ष पाठकले बताए । सो शिविरमा ४९ जना ज्येष्ठ नागरिकको चेक जांच पश्चात उपचार र निशुल्क औषधी बितरण गरिएको थियो भने २५ जना ज्येष्ठ नागरिकको नि:शुल्क बिमा समेत गरिएको छ।शिविरमा बित्तिय साअक्षरता सम्बन्धी प्रभु बैंकका प्रतिनिधिले सामाजिक सुरक्षा भत्ताका बारेमा प्रशिक्षण गर्नुभएको थियो।सो शिविरमा वडा सदस्यहरु गोबिन्द प्रसाद रिजाल, पूर्ण प्रसाद आचार्य( संजय), गीता गन्धर्व,सिता खनाल, टोलबिकासका प्रतिनिधी, सरोकारवाला, प्रभु बैंक मणिग्रामका प्रतिनिधी लागयाताको उपस्थिति रहेको थियो। 

कमेन्ट गर्नुहोस्