लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैरहवामा दुर्घटनामा परी मालपोत कार्यालय प्रमुख रावतको मृत्यु

tillotmacitynews - 2024 Mar 18 12:59 PM
IMG

तिलोत्तमा सिटी,२०८० चैत्र ५ गते । भैरहवामा सवारी दुर्घटनामा परी मालपोत कार्यालय प्रमुख तिलक रावतको मृत्यु भएको छ। आइतबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि कारको ठक्करबाट मोटरसाइकल चालक रावतको मृत्यु भएको हो। उनी रूपन्देहीको मझगाँवा मालपोत कार्यालयका प्रमुख थिए। भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नम्बरको कार र लुम्बिनी सडकखण्डको बेथरीबाट भैरहवा तर्फ आइरहेको प्रदेश ३-०२-००१ ब ४८० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका रावतको उपचारको क्रममा भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

कमेन्ट गर्नुहोस्