लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक सातापछि कर्णाली पुलमा आवागमन

tillotmacitynews - 2024 Mar 18 12:38 PM
IMG

तिलोत्तमा सिटी,२०८० चैत्र ५ गते । आगलागीपछि ओहोरदोहोर अवरुद्ध भएको कर्णाली पुलमा सोमबारबाट आवागमन पुनः सुरु भएको छ । प्राविधिक तथा विशेषज्ञहरुको टोलीले क्षतिको निरीक्षण गरी सवारी साधन चलाउन सकिने निष्कर्ष निकालेपछि पुलमा एकतर्फी आवागमन थालिएको हो । दुवैतर्फबाट आएका हेभी सवारी साधनहरु पुलमा एउटामात्रै गुड्न पाउने गरी आवागनमा भइरहेको लम्कीचुहा नगरपालिकाका–३ का वडा अध्यक्ष एवम् प्रवक्ता लवबहादुर शाहीले बताउनुभयो ।


गत सोमबार वीरगञ्जबाट लाइटर बोकेर कञ्चनपुरका लागि आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि लागेको आगो दन्केर पुलमा पनि सल्केको थियो । आगलागीबाट पुलको केबल तारमा रहेको प्लाष्टिक जलेको जनाइएको छ । यसैगरी, स्ल्याबमा पनि केही क्षति पुगेको थियो । स्ल्याब मर्मत गरेर सवारी साधन चल्न दिइएको हो ।

कमेन्ट गर्नुहोस्