लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नवयुवाको सेमिफाइनल यात्रामा संजीवनी एफसीको जित

IMG

तिलोत्तमा,२०८० चैत्र ४ गते।संजीवनी एफसी ठुटिपिपलमा जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा संजीवनीले झरना स्पोर्ट्स क्लब, कुञ्जलापुरलाई ० को बिरुद्ध २ गोल गर्दै सेमिफ़ाइनलमा आफ्नो स्थान बनाएको हो ।


ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको रोमांचक खेलमा संजिवनीले झरनासंगको खेलमा सहज जित पक्का गरेको हो। प्रतियोगिता अन्तर्गत चैत ४ गते सोमबारबाट सेमिफाइनलका खेल शरू हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

कमेन्ट गर्नुहोस्