लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका जनप्रतिनिधी र कर्मचारीलाई क्षमता विकास कार्यक्रम

IMG

तिलोत्तमा,२०८० चैत्र ३ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा आयोजित दुई दिने जनप्रतिनिधी र कर्मचारीको क्षमता विकास कार्यक्रम शनिवार सम्पन्न भएको छ ।जनप्रतिनिधी र कर्मचारीहरुले पालना गर्ने कानुन नियम, सेवा प्रबाह र बिकासको लक्ष्य एउटै भएकोले समग्र नगर बिकासका लागि एकजुट हुनुपर्ने भन्दै सो तालिम दीईएको नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले बताए। कार्यक्रममा करिव २ सय जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता थियो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुपन्देहीका प्रमुख गणेश अर्याल , पुर्व सचिव डा.गोपी कृष्ण खनाल,योगाचार्य शुभासचन्द्र बडालले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्यले तालिमबाट जनप्रतिनिधी र कर्मचारीहरुले सिकेका कुरा उनीहरुको कार्यशैली तथा सेवाप्रवाह संगै जनताको सेवामा छिटो छरितो पारदर्शी रुपमा असल अभ्यास हुने बताए । आचार्यले कर्मचारी र जनप्रतिनिधी मिलेर नगरको बिकासमा एकढिक्का हुन सुझाव दिए ।


नगरपालिकाका नगरप्रमुख खाणले तालिमबाट सिकेका कुराहरु कर्मचारी र जनाप्रतिनिधीले आफ्नो कार्य कुशलतामा प्रयोग गर्ने गरी अभिमुखीकरण गरिएको बताए। सबै जनप्रतिनिधी र कर्मचारी एक सिक्कका दुई पाटा भएकोले बिकास र समृद्धिको यात्रामा हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए। क्षमता बिकास कार्यक्रमको संचालन योजना प्रसासन तथा अनुगमन शाखा प्रमुख  माधव प्रसाद पोखरेलले गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्