
तिलोत्तमा,२०८० चैत्र ३ गते।पंचायत बिरुद्धको आन्दोलनमा रुपन्देहीको तिलोत्तमा-१३ बनकट्टिमा आफ्नो ज्यान गुमाएका शहिद यादव नाथ आलोक (न्यौपाने)को स्मृतिमा तरुण दल तिलोत्तमाले दोस्रो फ़ुटसलको उपाधी तिलोत्तमा वडा नम्बर १५ ले जितेको छ। नेपाली राजनीतिमा व्यवस्था बदल्न आफ्नो ज्यान आहुति दिई अल्पायुमै दिवंगत भएका आलोकको आत्माको चिर शान्तिको कामना सहित आयोजना गरिएको सो खेलमा वडा नम्बर १३ लाई १ का बिरुद्ध २ गोल गरि वडा नम्बर १५ बिजयी भएको तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले जानकारी दिएका छन् ।
आयोजक तरुणदल तिलोत्तमा नगरसमितिको आयोजनामा भएको प्रतियोगितामा तिलोत्तमा १७ वटा मध्ये १६ टिमको सहभागिता रहेको थियो। तिलोत्तमा-५ कफि कम्पनी नजिक रहेको युनिक फुटसल एरिनामा हुने प्रतियोगिताको समापन कार्यक्रममा सहित यादवनाथ आलोककी श्रीमती सिता न्यौपाने, तिलोत्तमा नगर प्रमुख तथा जिल्ला सभापति रामकृष्ण खाण, देवदहका पुर्व मेयर हिरा केसी, वडा नम्बर ५ का धय्क्ष रमेश डुम्रे, १३ का नारायण ढकाल, १४ का अश्बीन पौडेल लागयाताको उपस्थिति रहेको थियो।
प्रतियोगितामा विजेता टिम वडा नम्बर १५ का खेलाडीहरुलाई अध्यक्ष, प्रमुख अतिथि तथा अतिथिहरुले ३० हजार र उपविजेताले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् । त्यस्तै विधागत उत्कृस्ट खेलाडीले नगद रु ५ हजार सहित ट्रफी पाएका छन्। जसमा उत्कृस्ट गोलकिप्पर वडा नम्बर १३ का रिजन थापा, उत्कृस्ट खेलाडी वडा नम्बर १५ का झके गुरुङ, हाइ स्करर वडा नम्बर १३ का प्रवेश क्षेत्री, र वडा नम्बर १४ का मनिष थापाले ७/७ गोल गरि पुरस्कार प्राप्त गरेका थिए।
कमेन्ट गर्नुहोस्