लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको तिलोत्तमा-५ मा १ महिने बाद्य बादन तालिम शुरु

IMG

तिलोत्तमा, २०८० चैत्र २। महिला तथा आमा समुहलाई लक्षित गरि रुपन्देहीको तिलोत्तमा ५ मा १ महिने बाद्य बादन तालिमको शुभारम्भ गरिएको छ । वडा समितिको निर्णय अनुसार महिला तथा आमा समुहलाई संगीत तथा बाद्य बादनमा पारंगत बनाई संगीतमैत्री वडा बनाउने उद्देश्य सहित तालिमको आयोजना गरिएको वडा अध्यक्ष रमेश डुम्रेले जानकारी दिनुभयो ।


कार्यक्रमका अध्यक्ष समेत रहेका ड्म्रेले नकरात्मक सोचलाई टाढा राखि सकारात्मक उर्जा प्रवाह गर्न एवं दैनिकलाई संगीतमय बनाउन सके तनावबाट समेत मुक्ति मिल्ने बताउनुभयो । वहाँले वडाका आम महिला समुदायलाई आयआर्जनसँग जोडन समेत तालिम फलदायी सावित हुने विश्वास ब्यक्त गर्नुभयो । लिला नाचघरमा बिहिबार उदघाटन समारोहमा रास्वपा तिलोत्तमा सभापति रुस्तम कडेल, स्वर्गद्धारी टोलविकाश संस्थाका सभापति सुरजमणि पाठक लगायतले बोल्दै वडाका आम महिला दिदिबहिनीहरुमा संगीत प्रतिको लगाव बढाउनतालिम फलदायी सावित हुने बताउनुभयो ।


संगीतले परिवारसँगै सिंगो समाजलाई समेत सकरात्मक सन्देश दिने भएकाले तालिमको आयोजना गरेकोमा वडा परिवारलाई धन्यबाद दिनुभयो । कार्यक्रममा वडा सदस्य हिरा गिरि डायमण्ड, प्रमिला सुनार, वडा टोल विकाश संजालका संयोजक हरि प्रसाद पाण्डे, वडा महिला संजालका अध्यक्ष कल्पना कुवँर, शिवालय टोलविकाश संस्थाका अध्यक्ष सुर्यमणि पाण्डे, संगीत प्रशिक्षक रन्जित भण्डारी लायतको उपस्थिती रहेको थियो ।


तिलोत्तमा वडा न ५ का वडासदस्य धर्मादेवी न्यौपानेको स्वागत एवं वडासचिव हरि खतिवडाको सन्चालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो । तालिममा तिलोत्तमा वडा न ५ का ४८ जना महिला दिदिबहिनीको उपस्थिति रहेको छ भने सहभागीहरुलाई मादल, हार्मोनियम, खैजडी, मजुरा लगायत विभिन्न बाजा तथा बाद्य यन्त्र बजाउन सिकाइने छ ।


कमेन्ट गर्नुहोस्