
तिलोत्तमा सिटी २०८० चैत २ गते । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया–१, ठुटिपिपलको आयोजनामा मंगलबारदेखि जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगितामा आहाना एफ.सि,कोटहिमाइ ले विजयी पक्का गरेको छ । ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा आज भएको खेलमा आहाना एफ.सि,बुटवलले डि.वाइ.सी,कोटहिमाइ लाई ० का बिरुद्ध ३ गोल गर्दै विजयी शुरुवात गरेको हो । साथै भोलि हुने खेल लिस्नु युवा क्लव,कोटिहवा र समपुर्ण युवा क्लव, सुपैलि बिच हुने खेल संयोजक विष्णु वराल मगरले बताए ।
नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै विभिन्न विधामा उत्कृस्ट खेलाडीले नगद सहित ट्रफी पाउनेछन् भने दैनिक म्यान अफ द म्याचले नगद १ हजार ५ सय सहित ट्रफी पाउने छन्। कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।
कमेन्ट गर्नुहोस्