लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु राइज युवा क्लब क्वाटरफाइनल प्रवेश

tillotmacitynews - 2024 Mar 14 10:04 PM
IMG

तिलोत्तमा सिटी २०८० चैत १ गते । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया–१, ठुटिपिपलको आयोजनामा मंगलबारदेखि जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगितामा न्यु राइज क्लवले विजयी पक्का गरेको छ । ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको तेस्रो दिनको खेलमा पुरा समयमा दुवै टिमले १/१ गोल गरी खेल टाइब्रेकरमा गयो जसमा न्यु राइजले फर्साटिकर युवा क्लव,फर्साटिकरलाई २ का बिरुद्ध ४ गोल गर्दै विजयी शुरुवात गरेको हो । उक्त खेलको म्यान अफ द म्याच न्यु राइज युवा क्लवका इन्द्र भण्डारी भएको खेल संयोजक विष्णु वराल मगरले बताए । 


नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै विभिन्न विधामा उत्कृस्ट खेलाडीले नगद सहित ट्रफी पाउनेछन् भने दैनिक म्यान अफ द म्याचले नगद १ हजार ५ सय सहित ट्रफी पाउने छन्। कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।

कमेन्ट गर्नुहोस्