लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पीएनजीविरुद्ध नेपालको राम्रो सुरुवात

IMG

तिलोत्तमा, फागुन ३०। हङकङमा चलिरहेको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको नेपालले पीएनजीको ३ विकेट लिएको छ ।पीएनजीको स्कोर २० हुँदा ३.१ ओभरमा आकाश चन्दले नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो विकेट लिएका हुन् ।त्यसक्रममा उनले लेगा सिकालाई व्यक्तिगत २ रनमा करण केसीको हातबाट क्याच गराए । यसअघि चन्दले नै पीएनजीका कप्तान असद भालालाई व्यक्तिगत २ रनमा विकेट किपर विनोद भण्डारीको हातबा क्याच गरेका थिए ।खेलमा पहिलो विकेट भने करण केसीले लिए । उनले खेलको दोस्रो बलमै ओपनर सेसे बाउलाई आकाश चन्दको हातबाट क्याच गराएका थिए ।

कमेन्ट गर्नुहोस्