लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ग्रेग बार्क मार्च १८ मा नेपाल आउदै

IMG

तिलोत्तमा,२०८० फाल्गुण ३० गते। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्क मार्च १८ मा नेपाल भ्रमणमा आउने भएका छन् । उनी मार्च २१ सम्म नेपालमा रहने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।नेपाल भ्रमणका क्रममा बार्कले त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा औपचारिक भ्रमण  गर्नेछन् ।उनले क्रिकेट समर्थन, कोषका अवसरहरू र राष्ट्रिय खेलकुद नीतिहरूमा एकीकरणको बारेमा छलफल गर्न प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलगायत प्रमुख व्यक्तिहरूसँग आधिकारिक बैठक गर्ने तालिका रहेको क्यानले जनाएको छ ।बार्कको भ्रमणले आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्न सहयोग पुग्ने क्यानले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।



कमेन्ट गर्नुहोस्