लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा प्रथम दलित ज्ञान उत्सव हुँदै,कार्यक्रमलाई भब्य बनाउने तयारी

IMG

तिलोत्तमा,२०८० फाल्गुण ३० गते। नेपालमै पहिलो पटक रुपन्देहीको तिलोत्तमामा प्रथम " दलित ज्ञान उत्सव "हुने भएको छ। यश अघि नगरपालिकाले दलित ऐन कानुन प्रकाशित, दलित रणनीति निर्माण  , जनप्रतिनिधिलाई विषयगत प्रशिक्षण, जातिय छुवाछूत विरुद्ध जनचेतनामूलक सुचना बोर्ड निर्माणसगै अन्य कार्यक्रमहरु गर्दै आएको छ भने यस आर्थिक वर्षमा दलित   दलित प्रोफाइल निर्माण गर्ने कार्यका निम्ति अघि बढिरहेको छ ।दलित केन्द्रित विभिन्न सृजनशिल कार्य गर्दै आइरहेको यस पालिकाले विभिन्न चरणका छलफल पश्चात तिलोत्तमा नगरपालीका र दलित रिडरले यहि चैत्र १४,१५ र १६ गते तिलोत्तमा प्रथम"दलित ज्ञान उत्सव" आयोजना गर्न गैरहेको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका रवि सेन्चुरीले बताए।। 


उक्त कार्यक्रममा विभिन्न विधाका छलफल , बहसमा  विभिन्न क्षेत्रका व्यक्तिहरुले सहभागी रहने र उक्त कार्यक्रममा  दलित समुदायको इतिहास , पहिचान , ज्ञान लगायत समाजिक, आर्थिक , राजनैतिक र सास्कृतिक बहसले तिलोत्तमा ज्ञान उत्सवले  सामाजिक न्यायका निम्ति विशेष भुमिका खेल्ने अर्का कार्यपालिका सदस्य सुरेन्द्र श्रीले विश्वास लिएका छन्।तिलोत्तमा नगरपालिका सग जोडिएर दलित ज्ञान उत्सब आयोजना गर्न पाउँदा नगरपालिकाको साथ सहयोजले थप प्रेरणा मिलेको दलित रिडरका अध्यक्ष  रुकमणि रुचालले बताउनु भयो । उक्त कार्यक्रमका निम्ति नगरपालिका र दलित रिडरले तिब्र रुपमा तयारी थालेको र उक्त कार्यक्रममा सबै वर्ग समुदाय सहभागी भै कार्यक्रमको महत्त्व बढाईदिनका निम्ति आयोजकहरुको अनुरोध रहेको कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए ।



कमेन्ट गर्नुहोस्