
तिलोत्तमा,२०८० फाल्गुण ३० गते। हङकङमा जारी त्रिकोणात्मक टी२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पिएनजी) खेल्दै छन् । फाइनल खेल आज बिहान पौने १२ बजे सुरू हुनेछ ।पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो ।लिग चरणको खेल सकिँदा नेपालले ३ अंक र पीएनजीले २ अंक जोड्दा हङकङले १ अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टीम अंक बाडेका थिए ।
कमेन्ट गर्नुहोस्