लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु सिर्जना कप २०८० को उपाधी फर्साटिकर युवा क्लवलाइ

IMG

तिलोत्तमा सिटी २०८० फागुन २६ गते । न्यु सिर्जना युवा कल्बकाे आयाेजनामा  जारी  छैठाैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगिताको आजको फाइनल खेलमा फर्साटिकर युवा क्लव,फर्साटिकर बिजयी भएको छ । खेल समपुर्ण युवा क्लव,सुपैली र फर्साटिकर युवा क्लव,फर्साटिकर बिच भएको  थियो । स्वः खगी गुरुङसेनीको स्मृतिमा सञ्चालन भएको आज को खेलमा फर्साटिकरले समपुर्णलाइ ३ को विरुद्ध ४ गोल गर्दै  फर्साटिकर विजयी भएको छ । खेलको म्यान अफ द म्याच फर्साटिकर युवा क्लवका टिकराज गुरुङ भएको खेल संयोजक शेर बहादुर गुरुङले बताए । 


खेलकुदले समाज साथै सिङगो देशको विकास गर्न सघाउने र यस्ता प्रतियोगाबाट स्थानिय खेलाडिको समेत हौसला बढने हुनाले खेल अत्यावस्यक रहेको समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनि प्रदेश सदस्य तुलसी प्रसाद चौधरीले बताए । राष्ट्रका लागि खेल स्वास्थ्यका लागि रहेको र खेलको माध्यमबाट मानिस अनुशासित एवम आर्थिक रुपमा पनि सघाउ पुग्ने समापन कार्यक्रमका विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वर देवि चौधरीले बताइन ।


प्रतियोगितामा रुपन्देहिका १६ वटा टिमको सहभागीता रहेको थियो । क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेकाे प्रतियाेगिताका विजेता टिम फर्साटिकर युवा क्लव,फर्साटिकरले रु १ लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पायो भने उपविजेता समपुर्ण युवा क्लव,सुपैली टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाएको आयाेजकले जनाएकाे छ  । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिएको आयोजक क्लवका अध्यक्ष सोबित थापा दर्लामीले बताए ।

कमेन्ट गर्नुहोस्