लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय महिला भलिबलको उपाधी एपीएफले जित्यो

IMG

तिलोत्तमा,२०८० फाल्गुण २५ गते।प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय एपीएफ क्लबले हात पारेको छ । पाल्पाको रामपुरमा भएको फाइनल खेलमा दुई सेटमा बागमती प्रदेशलाई रोक्दै उपाधि विभागीय एपिएफले हात पारेको हो ।लगातार दुई खेल जितेको बागमतीसँग दवावमा परेको एपिएफले त्यसपछिका तीन खेलमा जित निकालेर उपाधि जितेको हो । प्रतियोगितामा उपाधि विजेता एपिएफले शिल्ड मेडलसहित २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।प्रतियोगितामा फाइनलमा हारेका वागमती प्रदेश दोस्रो स्थानमा समेटिएको छ । प्रतियोगितामा दोस्रो स्थानमा समेटिएको वागमती प्रदेशले शिल्ड मेडलसहित १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।


फाइनलमा प्रतिस्पर्धा गरेको विभागीय एपिएफले सेमीफाइनलमा कोशी प्रदेश र बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई रोक्दै फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।विजयी टीमलाई लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती, लुम्बिनी प्रदेश सभा सदस्य राजु श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका नगरप्रमुख रमण थापा, जिल्ला खेलकुद विकास समिति पाल्पा दीपक घिमिरे, रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापा, जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले पुरस्कार प्रदान गरेका थिए ।


जिल्ला खेलकुद विकास समिति पाल्पाको समन्वय र जिल्ला भलिबल संघ पाल्पाको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेश तृतीय भएको छ । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा सोझो सेटमा कोशी प्रदेशलाई रोक्दै लुम्बिनी तृतीय भएको हो ।प्रतियोगितामा तृतीय भएको लुम्बिनी प्रदेश र चौथो भएको कोशी प्रदेशलाई शिल्ड र मेडलसहित क्रमशलाई ७५ हजार र ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी वेष्ट प्लेयर, एपिएफकै निरुता ठगुन्ना वेष्ट सर्भर, वागमतीकी प्रगती नाठ वेष्ट सेटर, वागमतीकै सलिना श्रेष्ठ वेष्ट डिफेन्डर, वागमतीकै सुमित्रा रेग्मी वेष्ट व्लकर, लुम्बिनीकी मिना सुनार वेष्ट स्पाईकर र एपिएफका महेश चौधरी उत्कृष्ट कोच भए ।यहि फागुन १८ देखि सुरु भएको प्रतियोगितामा सातवटै प्रदेश र विभागिय एपिएफ क्लबसहित ८ वटा टीमले प्रतिस्पर्धा गरेका थिए ।

कमेन्ट गर्नुहोस्