
तिलोत्तमा सिटी २०८० फागुन २१ गते । न्यु सिर्जना युवा कल्बकाे आयाेजनामा जारी छैठाैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगिताको आजको खेलमा फर्साटिकर युवा क्लव,फर्साटिकर बिजयी भएको छ । खेल फर्साटिकर युवा क्लव,फर्साटिकर भर्सेज माछापुच्छ्रे युवा क्लव,पक्लिहवा बिच भएको थियो । स्वः खगी गुरुङसेनीको स्मृतिमा सञ्चालन भएको आज को खेलमा फर्साटिकरले माछापुच्छ्रेलाइ १ गोलको विरुद्ध ४ गोल गर्दै फर्साटिकर युवा क्लब बिजयी भएको छ । खेलको म्यान अफ द म्याच फर्साटिकर युवा क्लबका मिलन क्षेत्रि भए र म्यान अफ द म्याचको पुरस्कार खेलका मुख्य-प्रायोजक क्या नरजंग गुरुङ्गले हस्तान्तरण गरे साथै भोलिको खेल तिलोत्तमा ११,तिलोत्तमा र समपुर्ण युवा क्लव,सुपैली बिच हुने खेल संयोजक शेर बहादुर गुरुङले बताए ।
प्रतियोगितामा रुपन्देहिका १६ वटा टिमकाे सहभागीता छ । क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेकाे प्रतियाेगिताका विजेता टिमले रु १ लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयाेजकले जनाएकाे छ । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । जारी खेल फागुन २६ गतेसम्म सञ्चालन हुने कल्बका अध्यक्ष सोबित थापा दर्लामीले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्