लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सैनिक ऐन संशोधन गरिँदै

tillotmacitynews - 2024 Mar 01 02:51 PM
IMG

तिलोत्तमा सिटी,२०८०  फागुन १८ गते । सरकारले सैनिक ऐन २०६३ संशोधन गर्न लागेको छ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी संशोधन मस्यौदा अगाडि बढेको छ । संघीय संसदको चालु अधिवेशनमै संसदमा पेश गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।‘सैनिक ऐन २०६३ संशोधनका लागि गृहकार्य भइरहको जानकारी गराउन चाहन्छु’ शुक्रबार राष्ट्रिय सभाको बैठमकमा बोल्दै उनले भने, ‘सम्बन्धित सरोकारवालाहरुसँग छलफल भइ संशोधन मस्यौदालाइ अन्तिम दिएर र यथाशक्य संसदको यसै अधिवेशनमा पेश गर्ने गरी अगाडि बढिरहेको बेहोरा जानकारी गराउन चाहन्छु ।’


यसका साथै सरकार मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कार्यमा समेत क्रियाशिल रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्