लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पामा द्वन्द्वकालका ग्रिनेड अझै फेला पर्दै

tillotmacitynews - 2024 Feb 29 11:17 AM
IMG

तिलोत्तमा सिटी,२०८०  फागुन १७ गते । तानसेन नगरपालिका–११, जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै द्वन्द्वकालमा छाडिएको प्लास्टिक ग्रिनेड फेला परेको छ । गस्तीमा गएको नेपाली सेनाको दि फेमस महीन्द्रदल गणका एलआरपी टोलीले ग्रिनेड फेला पारेको हो । नेपाली सेनाले दाउरा खोज्ने क्रममा प्लास्टिकको ग्रिनेड भेटिएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए ।


उनका अनुसार बाँझो बारीको कान्लामा ग्रिनेड फेला परेको हो । धेरै वर्ष पुरानो जस्तो देखिने उक्त ग्रिनेड पड्किसकेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ग्रिनेडका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्