लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालका समिप अर्याल मेटाको ह्वाइट ह्याटको पहिलो नम्बरमा

tillotmacitynews - 2024 Feb 26 12:02 PM
IMG

तिलोत्तमा सिटी,२०८०  फागुन १४ गते । सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले नेपाली युवक समीप अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको पहिलो नम्बरमा राखेको छ । एक क्लिकमै फेसबुक कब्जा गर्न सक्‍ने सुरक्षा कमजोरी पत्ता लगाएपछि शुक्रबार मेटाले आफूलाई ह्वाइट ह्याट अर्थात हल अफ फेमको पहिलो स्थानमा राखेको साइबर सुरक्षा विज्ञ समीप अर्यालले बताए ।‘फेसबुकमा भएको जुनसुकै एकाउन्ट एक क्लिक र जिरो क्लिकमै आफ्नो कब्जामा लिन सक्‍ने कमजोरी पत्ता लगाएँ । यस्तो एकाउन्ट नै टेकओभर गर्ने कमजोरी पत्ता लगाएर फेसबुकमा नोटिस गरेपछि मेटाले सन् २०२ ४मा एक नम्बर र्‍याङ्क दिएको हो’, अर्यालले अनलाइनखबरसँग भने ।


उनले लिंक पठाएर र लिंक नपठाइकन पनि जुनसुकै फेसबुक प्रयोगकर्ताको एकाउन्ट कब्जामा लिन सक्‍ने कमजोरी पत्ता लगाएको बताए । ‘यदि मैले कुनै लिंक पठाएर फेसबुक प्रयोगकर्ताको एकाउन्ट कब्जामा लिएँ भने त्यसलाई एक क्लिक र फेसबुक प्रयोगकर्तालाई लिंक नपठाइकनै उसको एकाउन्ट कब्जामा लिए भने त्यसलाई जिरो क्लिक भन्छौं । फेसबुकमा यो दुवै कमजोरी मैले पत्ता लगाएँ र फेसबुकलाई खबर गरेँ’, उनले भने । उनका अनुसार अहिले भने फेसबुकले उक्त कमजोरीलाई सुधार गरिसकेको छ ।


फेकबुकको सुरक्षालाई थप बलियो बनाउन टु फ्याक्टर अथेन्टिकेस बाइपासमा ध्यान दिनुपर्ने उनको सुझाब छ। उनी भन्छन्, ‘फेसबुकमा टु फ्याक्टर अथेन्टिकेसन बाइपास कमजोरीले अरूको कब्जामा जान सक्छ । त्‍यसकारण हामीले यसबारे सचेत रहनुपर्छ ।’ यसअघि सन् २०२३ मा पनि अर्याल फेसबुकका सुरक्षा कमजोरी पत्ता लगाएर ह्वाइट ह्याटको शीर्ष २७ औं स्थानमा परेका थिए । उनले फेसबुकमात्रै नभएर सामाजिक सञ्जाल इमो, ओटीटी प्लेटफार्म नेटफ्लिक्सका कमजोरी पत्ता लगाएर रिवार्ड पाइसकेको बताए ।


यसरी कमजोरी पत्ता लगाइदिएबापत उनी फेसबुकले आयोजना गर्ने साइबर सुरक्षा रेक्युरिटी रिसर्चमा सहभागी भइसकेका छन् । उनी भन्छन्, ‘फेसबुकले सन् २०२१ मा सिंगापुरमा साइबर सेक्युरिटी रिसर्च कन्फरेन्स आयोजना गरेको थियो । जसमा मलगायत नेपालका ४ जना सहभागी भएका थियौं ।’ उनका अनुसार सन् २०२१ मा सिंगापुरमा फेसबुकले आयोजना गरेको साइबर सेक्युरिटी कन्फरेन्समा नेपालबाट रिकेश बानियाँ, मनोज गौतम, नरेश लामगाडे, सौगात पोखरेल सहभागी भएका थिए । उनी हाल इलोक्ट्रोनिक्स एण्ड इलोक्ट्रोकिल कम्युनिकेशन विषय लिएर काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा पढ्दैछन् ।


कमेन्ट गर्नुहोस्