लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाकिस्तानले पायाे पहिलाे महिला मुख्यमन्त्री, पन्जाबमा नवाज शरीफकी छाेरी मरियम निर्वाचित

IMG

तिलोत्तमा, फागुन १४ गते २०८०।  पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित हुनुभएको छ । ५० वर्षकी मरियम नवाज पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ ।पूर्वप्रधानमन्त्री इमरान खान समर्थित सुन्नी इत्तेहाद काउन्सिलका राना अयुबलाई हराउँदै मरियम नवाज मुख्यमन्त्री बन्नुभएको हो ।


पन्जाबमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) को एकल बहुमत छ ।गएको फेब्रुअरी ८ मा भएको आमचुनावमा सङ्घीय सरकारका लागि कुनै पनि दलको बहुमत नपुगेपछि पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पीएमएल–एनले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने भएको छ । पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ प्रधानमन्त्री बन्दै हुनुहुन्छ । प्रधानमन्त्री पदका लागि फेब्रुअरीको अन्तिमसम्म संसदमा चुनाव हुनेछ ।

कमेन्ट गर्नुहोस्