लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नगरस्तरीय तिलोत्तमा कप क्रिकेटको उपाधी वडा नं. ६ लाई

IMG

तिलोत्तमा,२०८० फाल्गुण १३ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वडास्तरीय तिलोत्तमा क्रिकेट कप २०८० को उपाधि वडा नम्बर ६ ले जितेको छ। वडा नम्बर २ संग भएको फाइनल खेलमा वडा नम्बर ६ विजयी भएको हो।तिलोत्तमा कप क्रिकेट प्रतियोगिताको फाइनलमा टस जितेर बलिङ्ग रोजेको वडा नम्बर ६ ले १९.३ ओभरमै १० विकेट लिएर ८६ रन मात्र दियो भने वडा नम्बर २ ले टार्गेट पछ्याएको वडा नम्बर ६ लाई ३ विकेट को क्षति मा १६.१ ओभरमै जितका लागि ८८ रन दियो। ७ विकेटले जित निकालेको वडा नम्बर ६ का खेलाडी थमन सिंजाली म्यान अफ द म्याच भए। 


तिलोत्तमा नगरपालिका र नवजीवन क्लब तिलोत्तमा ६ को आयोजनामा आइतबार भएको फाइनल खेलमा तिलोत्तमा वडा न २ लाई ७ विकेटले हराउँदै तिलोत्तमा वडा न ६ ले उपाधिसँगै नगद रु ५० हजार र कप मेडल र प्रमाणपत्र जित्न सफल भएको छ ।उपविजयी वडा न २ ले २५ हजार प्राप्त गरेको छ । टस हारेर ब्याटिङ्को निम्तो पाएको वडा २ ले सम्पूर्ण विकेट गुमाउँदै १९ दशमलव ३ ओभर खेल्दै ८६ रन बनाएको थियो । ८७ रनको लक्ष्य पछयाएको तिलोत्तमा ६ ले मात्र ३ विकेटको क्षतिमा १६ दशमलव १ ओवरमा ८८ रन बनाएर जित हासिल गरेको हो । वडा न ६ का लागि उत्कृष्ट ब्याटिंग गर्दै दीपक पाण्डेले ४५ रनको योगदान गर्नुभयो भने हरि बरालले १४ रनको योगदान दिनुभयो ।


उपविजयी वडा न २ का लागी विकल अधिकारीले २९ रन बनाउँदा सम्राट थापाले १६ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले अने जस्तो प्रर्दशन गर्न सकेनन । यसैगरी बलिङ्तर्फ  वडा नं. २ का रुपेश बस्यालले १ र महेन्द्र सुवेदी क्षेत्रीले १ विकेट लिँदा वडा न ६ का बलर थमन स्याङ्जालीले ३ र सम्राट थापाले २ विकेट लिनुभएको थियो । आइतबारको फाइनल खेलमा थमन स्याङ्जाली म्यान अफ दि म्याच घोषित हुनुभएको खेल संयोजक सागर पाठकले जानकारी दिनुभयो ।


प्रतियोगितामा बेष्ट ब्याट्सम्यान रितिक पुन, बेष्ट बलर भुवन खत्री, म्यान अफ दि सिरिज महेन्द्र सुवेदी क्षेत्री र उदयीमान खेलाडीको पुरस्कार तरुण ब्रम्हाण भूषालले  प्राप्त गरेकोे क्लवका अध्यक्ष केशव भूषालले जानकारी दिनुभयो । प्रतियोगितामा बिजेता र उपविजेता बनेका दुवै टिमलाई नगर प्रमुख रामकृष्ण खाण, प्रमुख प्रसासकिय अधिकृत नारायण अर्याल , वडा अध्यक्ष गणेश पाठक, डिल बहादुर भट्टराई, कार्यपालिका सदस्य नर बहादुर छन्तेल लगायतको उपस्थितिमा नगद सहित मेडल ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरेका थिए। 


सो अवसरमा बोल्दै नगर प्रमुख खाणले खेल मार्फत युवाहरुलाई जोड्न सहयोग गर्ने बताए। त्यस्तै आफ्नो मन्तव्य राख्दै वडा अध्यक्ष गणेश पाठकले खेलकुद संगै युवाहरुको सामाजिक उत्तरदायित्वलाई खेल मार्फत समाजमा प्रदर्शन गर्न यस्तै किसिमको खेलको आयोजना हुनुपर्ने बताए। युवासंग खेल र खेलाडी उत्पादनका लागि वडा स्तरिय क्रिकेटको आयोजना गरिएको नवजिबन क्लबका अध्यक्ष केशव भुसालले बताए। 

कमेन्ट गर्नुहोस्