
तिलोत्तमा सिटी २०८० फागुन १० गते । रुपन्देही तिलोत्तमा नगरपालिका १३, करौजिया खेलमैदानमा स्व. खगी गुरुङसेनी स्मृति छैठौ न्यु सृजना कप फुटबल प्रतियोगिता चलिरहेको छ । आजको खेल झरना स्पोस्ट क्लब, कुञ्जलापुर र सञ्जिवनी युवा क्लब ,बाघधुरा बिच भएको थियो । उक्त खेलमा झरनाले सञ्जिवनीलाइ ० को विरुद्ध ४ गोल गरी जित हात पार्न सफल भयो । उक्त खेलको म्यान अफ द म्याच झरनाका कमल भट्टराई भए ।
स्व: खगी गुरुङसेनीको स्मृतिमा श्रीमान् क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजन तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा सम्पन्न हुन लागेको हो । उक्त प्रतियोगिताका बिजेताले नगद १ लाख १६ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने साथै खेल फागुन २६ गतेसम्म चल्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्