
तिलोत्तमा सिटी,२०८० फागुन १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गठबन्धनको हाउगुजी बनाएर अतिरञ्जित गर्न नहुने बताएका छन् । जारी महासमिति बैठकमा आफ्नो धारणा राख्दै दाङका कांग्रेस नेतासमेत रहेका चौधरीले गठबन्धन गर्नेबारे चुनावअघि आवश्यक्ता र परिस्थिति हेरेर गर्ने कुरा भएको उनले बताए । ‘०८४ मा चुनाव छ, अहिले गठबन्धन कुरा किन आए, अहिले संगठन बलियो बनाउने पो हो,’ उनले भने, ‘हामी कुन बाटोमा हिँड्छौं, त्यो विचार गरौं । अहिले नै चुनाव आइसक्यो र ? गठबन्धनका कुरा गर्ने देश र परिस्थिति अनुसार गठबन्धन गर्ने हो । रुख नठलोस भनेर संगठन निर्माणमा जुटौं ।’ सक्षम लिडर, सही बाटोमा हिँड्नुपर्ने उनले बताए ।
कांग्रेस सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानका कुरा गर्नुपर्ने, संघीयताको बारेमा प्रदेशलाई अधिकार दिने विषयमा कांग्रेसका सांसद संसद्मा एक शब्द पनि नबोलेको उनले बताए । संघीयता कार्यान्यवनसहित संगठन निर्माणको संकल्प प्रस्ताव पास बैठकले पास गर्नुपर्ने चौधरीले बताए । कांग्रेस महामन्त्री गगन थापाले ०८४ को चुनावमा कसैसँग गठबन्धन नगरी कांग्रेस एक्लै चुनाव लड्ने सांगठानिक प्रस्ताव बैठकमा पेस गरेका थिए ।
कमेन्ट गर्नुहोस्