लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नङ टोक्ने बानी छ ? यस्तो हुन्छ है ख्याल गर्नुस !

IMG

नङले बाहिरी प्रभाव तथा संक्रमणहरुबाट औँलालाई बचाउने काम गर्छ । नियमित रूपमा बढ्ने नङ हरेक साता जसो काट्न योग्य हुन्छन् । तर कतिपय मानिस भने नङलाई टोकेर नै घटाउने गर्दछन् । यति सम्मकी नङ टोकिरहँदा छालासम्म नै टोकिएर घाउ भएर रगत बग्ने गरेको समेत पाइन्छ ।


नङ टोक्नुको मनोवैज्ञानिक कारण

– मनोवैज्ञानिकका अनुसार धेरै चिन्तन गर्ने वा चिन्तामा रहने मानिसले नङ टोक्ने गर्दछन् ।

– पट्यारलाग्दो अवस्था वा मानसिक रूपमा दिक्दारी महसुस हुँदा पनि नङ टोक्न पुग्दछन् ।

– सानैदेखि नङ टोक्ने बानी परेकाले पछिसम्म नङ टोकिरहन्छन् ।

– ठूला समस्या वा डरमासमेत समाधानको बाटो खोज्ने क्रममा मानिसले नङ टोक्छन् ।

– रिसलाई नियन्त्रणमा ल्याउन पनि मानिस नङ टोकेर शान्त बन्दछन् ।

– नङ चपाउनुको पछाडि मानिसमा भएको अतिवादी सोच, महत्वकाङ्क्षा र हीन भावना रहने गरेको मनोवैज्ञानिकहरूको ठहर छ ।

– काम नहुँदा वा मनोवैज्ञानिक रूपमा सबल नहुँदा पनि मानिस नङ टोक्ने गर्दछन् ।



नङ टोक्नु स्वास्थ्यका लागि कति हानिकारक ?

– नङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको सङ्क्रमण हुन सक्छ । जसले नङ वरपरको छालाको कोषिकामा असर गर्छ ।

– नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने गर्छ त्यसले आन्द्रामा असर गर्छ।

– हैजा–पखालाजस्ता सङ्क्रमण फैल्याउने इकोलाइ भाइरस नङबाट सर्न सक्ने सम्भावना हुन्छ ।

– नङमा भएको फोहोरका कारण पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छ ।

– अत्यधिक नङ टोक्नेहरूमा पेपिलोमा भाइरस अथवा एचपीभीका कारण सङ्क्रमण फैलिने डर बढी हुन्छ, जसले गर्दा नङ र मुखमा गाँठा बन्छन् ।

– नङ पोलिस लगाएर नङ टोक्दा पोलिसमा भएको केमिकल शरीरभित्र गएर विभिन्न समस्या आउन सक्छन् ।

– धेरै नङ टोक्नेहरूमा श्वास गन्हाउने समस्या पनि हुन्छ ।

– नङ टोक्ने मानिसको नङको स्वरूप फेरिन सक्छ । नङ बाङ्गिने हुन सक्छ ।

– नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उप्किरहन्छ । जसले गर्दा रक्तस्राव हुन्छ ।

कमेन्ट गर्नुहोस्