लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु सृजना कपको उद्घाटन खेलमा शुद्धोदन गाउँपालिका विजयी

IMG

तिलोत्तमा सिटी २०८० फागुन ९ गते ।  रुपन्देही तिलोत्तमा नगरपालिकास्थित करौजिया खेलमैदानमा आजदेखि छैठौ न्यु सृजना कप फुटबल प्रतियोगिता  सुरु भएको छ । आजको उद्घाटन खेल सिद्धार्थ क्लब चपरहट्टी र शुद्धोदन गाउँपालिका बिच भएको थियो । उक्त खेलमा पुरा समयमा कुनै पनि टिमबाट गोल हुन नसकेका कारण खेल टाइब्रेकरमा गएको थियो जसमा  सिद्धार्थले २ र शुद्धोदनले ४ गोल गरी शुद्धोदनले जित हात पार्न सफल भयो । उक्त खेलको म्यान अफ द म्याच शुद्धोदनका सौरभ गिरी भए साथै भोलिको खेल झरना स्पोस्ट क्लब, कुञ्जलापुर र सञ्जिवनी युवा क्लब ,बाघधुरा बिच हुने छ ।  


खेल मानिसको जिवनको अपरिहार्य चिज रहेको र खेलले मानिसलाइ स्वस्थ्य रहन सहयोग गर्ने साथै खेलको माध्यमबाट स्थानिय स्तरका खेलाडी उत्पादन हुने उद्घाटन समारोहका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका नगर उपप्रमुख जागेश्वर देवि चौधरीले बताउनुभयो ।  खेलकुदले मानिसलाइ सक्रिय बनाउने र खेलकुद मार्फत आपसी चिनजान,भाइचारा र स्वास्थ्य र रास्ट्रका लागि योगदान दिने कार्यक्रमका अतिथि तिलोत्तमा वार्ड नं १३ वडा अध्यक्ष नारायण ढकालले बताउनुभयो ।  

 

स्व: खगी गुरुङसेनीको स्मृतिमा श्रीमान् क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजन तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा सम्पन्न हुन लागेको हो ।  उक्त प्रतियोगिताका बिजेताले नगद १ लाख १६ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजक संस्थाका बरिष्ठ सल्लाहकार धन बहादुर चौधरीले जानकारी दिए । 


कमेन्ट गर्नुहोस्