
तिलोत्तमा,२०८० फाल्गुण ७ गते। तिलोत्तमा नगरपालिकामा जारी दोस्रो तिलोत्तमा कप क्रिकेट प्रतियोगिता २०८०अन्तर्गत आज भएको पहिलो खेलमा वडा नम्बर ६ र दोस्रो खेलमा वडा नम्बर १४ बिजयी भएका छन् । स्थानिय खेलाडी उत्पादन तथा नगरका युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष केशव राज भुसालले बताउनुभयो। तिलोत्तमा नगरपालिका तथा नवजिवन क्लबको आयोजनामा गत शनिबारदेखि तिलोत्तमकाअ नगर प्रमुख रामकृष्ण खाणले समुद्घाटन गरि प्रतियोगिता सुरु भएको हाे ।
नवजिवन खेलमैदानमा आज भएको पहिलो खेलमा वडा नं. ६ ले ९ विकेटले विजयी भएको हो। टस जितेर ब्याटिङ्ग रोजेको वडा नं. १३ माथि रनको फराकिलो जित निकाल्दै वडा नं.४ विजयी भएको हो । वडा नं. ४ ले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेपछि मैदान छिरेका ब्याट्सम्यानहरुले निर्धारित १८४ ओभरमा पुरै १० विकेटको नोक्सानीमा मात्रै ८१ रनको लक्ष्य खडा गरेका थिए । वडा नं. १३ का अमन बोहरा र लक्ष्मण कुमालले क्रमश : १८ र १७ बलमा १६ र १५ रन लिएका थिए भने १३ नम्बर वडाका लोकेश पाण्डे २ ओभरमा १२ रन दिंदै १ विकेट लिएका थिए। सामान्य लक्ष्य पछ्याएको वडा नं. ६ का ब्याट्सम्यानहरु१०.३ ओभरमा १ विकेटको क्षतिमा ८३ रनको सोझो सेटमा जित हासिल गर्यो।सोमबार भएको पहिलो खेलमा वडा नं. ६ थमन स्याङ्गजाली म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भए ।
त्यस्तै सोमबार भएको दोस्रो खेलमा वडा नं. १४ निर्णायक २६ रनले विजयी भएको छ । वडा नं. ५ माथि फराकिलो २६ रनको जित निकाल्दै वडा नं.१४ विजयी भएको हो । टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेपछि मैदान छिरेका वडा नं.१४ का ब्याट्सम्यानहरुले निर्धारित २० ओभरमा १० विकेटको नोक्सानीमा १ सय ३१ रनको लक्ष्य खडा गरेका थिए । वडा नं. १४ का मनिष थापाले ३५ बलमा ६४ रन र पुनम थापाले २९ बलमा २१ रनको योगदान दिएका थिए भने मनिष थापा र अमरजित केवटले क्रमश : ४/४ ओभरमा ३/२ विकेट लिएका थिए। रोमाञ्चक खेल खेल्नुपर्ने अडिगमा बिशेष लक्ष्य पछ्याएको वडा नं. ५ का ब्याट्सम्यानहरु १९.२ ओभरमा १० विकेट गुमाउदै १ सय ५ रनमा सिमित भयो। खेलमा बिशाल गैरे र गणेश पंगेनीले क्रमश ३१ र १७ रन ल्याएका थिए। खेलमा वडा नं. १४ का मनिष थापा म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भए । तिलोत्तमा नगरका वडास्तरमा १६ टिमहरु प्रतिस्पर्धा गर्ने छन । मंगलबारको पहिलो खेल वडा नं. ३ र १०, र दोस्रो खेल वडा नं १७ र १ का बीचमा खेल हुने आयोजकका तर्फबाट सागर पाठकले बताउनुभएको छ ।
तिलोत्तमा ६ दश नम्बरस्थित नवजीवन क्लबको खेल मैदानमा २० ओभरमा खेलाइने क्लबका अध्यक्ष केशव भुसालले बताए । प्रतियोगितामा प्रथम हुनेले ५० हजार,दोस्रोले २५ हजार,प्लेयर अफ द सिरिजले १० हजार तथा बेस्ट बलर र बेस्ट ब्याटस्म्यान ५ हजारका दरले पुरस्कार पाउने छन् । यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ट्रफी र इमर्जिङ प्लेयरलाई ट्रफी प्रदान गरिने उनले बताए ।
कमेन्ट गर्नुहोस्