लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा महानायक राजेश हमाल आउदै

IMG

तिलोत्तमा,२०८० फाल्गुण ४ गते।बुटवलमा मानव सेवाका लागि देशको सातै प्रदेशमा सञ्चालन हुन लागेको Cloth and Food Bank Nepal को समुद्घाटन कार्यक्रममा महानायक राजेश हमाल आउनुहुने भएको छ। प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुन प्रशोधन(Recycling) गरेर आवश्यक पर्ने हामी सबैका लागि निःशुल्क वितरण गर्ने गरि शुरु गर्न लागिएको सो कार्यक्रममा महानायक हमाल सहित नेपाली चलचित्र क्षेत्रका दिनेश डिसि लगायतका व्यक्तिहरुको आगमन हुने भएको छ।


सामाजिक कार्यक्रमलाई बुटवल उपमहानगरपालिका रूपन्देही लुम्बिनी प्रदेशबाट यही फागुन ५ गते शनिबारका बुटवल उपमहानगरपालिका प्रमुखको प्रमुख आतिथ्यतामा उपमहानरका उप-प्रमुख तथा अन्य स्थानीय तहका  प्रमुख एव उप-प्रमुख तथा विभिन्न विशिष्ट व्यक्तिहरु साथै नेपाली चलचित्रका महानायक राजेश हमालको विशेष उपस्थितिमा  शुभारम्भ गरिने क्लोथ एण्ड फुड बैंक नेपालले जनाएको छ। 


कमेन्ट गर्नुहोस्