लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाउन्ने-बुटवल सडक : अझै हटेनन् ५४ प्रतिशत बिजुलीका पोल

tillotmacitynews - 2024 Feb 15 07:05 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन ३ गते । विद्युतको पोल सार्ने काम समयमा नै नहुँदा नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम प्रभावित भएको छ । विद्युतको पोल सार्ने जिम्मा चाईना स्टेट कम्पनीको भएपनि उसले दोस्रो कम्पनीलाई पोल सार्ने जिम्मा दिएको छ । तर, समयमा नै रकम भुक्तानी नभएको भन्दै दोस्रो पक्षले पोल सार्न ढिलाई गरेपछि काम प्रभावित बनेको हो । दाउन्ने-बुटवल सडक : अझै हटेनन् ५४ प्रतिशत बिजुलीका पोल सडक विस्तारको म्याद सकिन लाग्दा ठेकेदारले कामलाई केही तीब्रता दिएपनि पश्चिम खण्डमा ५४ प्रतिशत विद्युतका पोल सार्न बाँकी रहेको आयोजनाका पश्चिम खण्डका योजना प्रमुख शंशाक मिश्रले बताए ।


अहिलेको कामको मुख्य चुनौती भएको भन्दै पोल सार्ने काममा सहजीकरण गरिदिन ठेकेदार पक्षले प्रशासनलाई आग्रह गरेको छ । सुनवल, देवदह लगायतका मुख्य बजार क्षेत्रमै पोल सार्न बाँकी हुँदा माटो फिलिङ्गको काममा ढिलाइ भएको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो । तर , पाँच वर्ष हुँदा समेत ४५ प्रतिशत मात्र काम भएको छ । गत वर्ष थपिएको म्यादको आधारमा २०८१ सालको साउन ६ गतेसम्म आयोजनाको म्याद रहेको छ ।

कमेन्ट गर्नुहोस्