लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा सम्पन्न मणिमुकुन्द भलिबल कपको उपाधि आर्मीलाई

tillotmacitynews - 2024 Feb 15 06:59 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन ३ गते । त्रिभुवन आर्मी क्लबले नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको तिलोत्तमा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीले गण्डकी प्रदेशलाई २५–२१, २५–१८ र २५–२१ ले हराउँदै उपाधि जितेको हो । दुई महिनाअघि बाग्लुङमा बुकी कप जितेयता आर्मीको यो पहिलो उपाधि हो । त्यसयता आर्मी सुर्खेतमा भएको ३४ औं राष्ट्रिय प्रतियोगिता, पोखरामा भएको टाइगर कप र महेन्द्रनगरमा भएको मुख्यमन्त्री कपको फाइनल पनि पुग्न असफल भएको थियो ।


युवा खेलाडीहरु लिएर मैदानमा उत्रिएको गण्डकी प्रदेशले उप विजेतामा चित्त बुझाउनु परेको छ । यसैगरी विभागीय टोली एपिएफ तेस्रो भएको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । एपिएफले २५–२०,२५–२० र २५–१७ को सहज जित निकालेको थियो। सेमिफाइनलमा बुधबार गण्डकीले पुलिसलाई ३–२ ले र आर्मीले एपिएफलाई ३–० हराउँदै फाइनल भेट पक्का गरेका थिए ।


प्रतियोगितामा ७ प्रदेश र ३ विभागि गरि १० टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले २ लाख १ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रोले हुने समुहले १ लाख ५० एक रुपैया र तेस्रोले १ लाख १ रुपैयाँ हात पारेका छन् । लिगकम नकआउटका आधारमा भएको खेलमा अन्तिम ४ मा पुगेको टोली नेपाल पुलिसले नगद राशी ५० हजार हात पारेको छ ।

कमेन्ट गर्नुहोस्