लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दुर्घटना रोकथाम र न्युनीकरणबारे छलफल गर्न बैठक आह्वान

tillotmacitynews - 2024 Feb 15 06:57 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन ३ गते ।  लुम्बिनी प्रदेश सरकारले बढ्दो दुर्घटना रोकथाम र न्युनीकरणबारे छलफल गर्नका लागि बैठक बोलाएको छ । दुर्घटना रोकथाम र न्यूनीकरणका लागि लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, ट्राफिक प्रमुख, १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संघ तथा संस्थाको संयुक्त बैठक फागुन १४ गतेका लागि मन्त्रालयमा आह्वान गरिएको उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले जानकारी दिए । 


संयुक्त बैठकपछि दुर्घटनाप्रति लुम्बिनी मन्त्रालयको तर्फबाट दुर्घटना न्यूनीकरणका लागि विशेष निर्णय लिइने उनको भनाइ छ । बिहीबार महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु प–०२–००१ ख ००९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिक दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १० जनाको मृत्यु र ३० जना घाइते भएको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्