लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा बालमैत्री फ़ुट्सलको उपाधि वडानम्बर १ लाई

IMG

तिलोत्तमा,२०८० फाल्गुण २ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-९ को आयोजनामा भएको अन्तर वडा बाल संजाल स्तरिय फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ। नगरपालिकाको वडा नम्बर-५ स्थित युनिक फुटसलमा भएको प्रतियोगितामा १७ मध्ये १६ वटा वडाका बालबालीकाको सहभागीता रहेको प्रतियोगितामा वडा नम्बर १३ लाई ट्राइब्रेकरमा हराउदै जित हासिल गरेको हो ।आज भएको फाइनल खेलमा दुवै वडाको तर्फबाट ४/४ गोल भएपछी खेल ट्राइब्रेकरमा गएको थियो।


प्रतियोगितामा प्रथम हुने वडा नम्बर १ दित्तीय हुने वडा नम्बर १३ र तृतीय हुने वडा नम्बर ९ बी लाई तिलोत्तमा नगरपालिकाकाका कार्यपालिका सदस्य तारा सुनार,प्रतियोगिताको अध्यक्षता ग्रहण समेत गरेका वडा नम्बर-९ का अध्यक्ष ध्रुव न्यौपाने  वडा सदस्य कमल शर्मा रेग्मीले नगद सहित प्रमाणपत्र ट्रफी प्रदान गरेका थिए। खेलकुद मार्फत आपसी चिनजान,भाइचारा र स्वास्थ्य र रास्ट्रका लागि योगदान दिन फुटसल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष न्यौपानेले बताए ।


सो अवसरमा बोल्दै कार्यपालिका सदस्य तारा सुनारले बालबालिकाको लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले भएको यस्ता खाले खेलले बाल मनोविज्ञानमा समेत सकारात्मक प्रभाव परेन बताईन। त्यस्तै वडा नम्बर-९ का वडा सचिव माया गैरेले बालबालिकाहरुलाई सानै उमेरबाटै खेलकुदका माध्यमबाट मानसिक तथा सम्बेगात्मक बिकास साथै खेलकुद विकास र उनिहरुलाई खेलप्रति उत्साहित गर्न खेलको आयोजना गरिएको बताईन।’प्रतियोगिता सचिव माया गैरेको संचालनमा सम्पन्न भएको थियो। प्रतियोगितामा सहयोगी संस्थाको रुपमा मणिग्रामको नेपथ्य कलेज रहेको थियो। 




कमेन्ट गर्नुहोस्